अश्लेषा नक्षत्रको फल
तपाईं भाग्यशाली हुनुहुन्छ र स्वस्थ शरीरको मालिक हुनुहुन्छ। तपाईंको बोलीले सबैलाई मोहनी लाउनेछ। तपाईंलाई मान्छेहरूसंग कुरा गर्न मन लाग्छ र यसैले तपाईं कुनै एउटा विषयलाई लिएर घण्टौं छलफल गर्न सक्नुहुन्छ। तपाईंको अनुहार सुन्दर र वर्ग आकारको हुनेछ र आँखा साना हुनेछन। तपाईंको अनुहारमा एउटा तिल वा चिन्ह हुन सक्छ। तपाईंको बुद्धि र नेतृत्व क्षमताले तपाईंलाई शीर्षमा पुर्याउन प्रेरणा दिइ रहन्छन्। तपाईंलाई आफ्नो स्वतन्त्रतामा कुनै पनि हस्तक्षेप गरिएको मन पर्दैन। त्यसैले, कसैले तपाईंसंग बातचीत गर्दा उचित शब्दहरूको प्रयोग गर्नुपर्ने हुनेछ। तपाईंको एउटा यो पनि गुण छ कि तपाईंले आफ्ना मित्रहरूको लागि केही पनि गर्न सक्नुहुन्छ। कहिलेकाहीं तपाईंले आफुलाई कुनै न कुनै तरिकाले वा कहीं पनि मद्दत गर्ने व्यक्तिहरूलाई कृतज्ञता व्यक्त गर्न बिर्सनु हुन्छ। यस्तो अवस्थामा तिनीहरूसंग तपाईंको सम्बन्ध विचलित हुन सक्ने संभावना छ। कहिलेकाहीं तपाईंको रिसले पनि मानिसहरूलाई तपाईंको विरुद्ध जाने बनाउन सक्छ। त्यसैले, तपाईंले यसलाई सधैं नियन्त्रणमा राख्नु आवश्यक छ। तथापि, तपाईं साह्रै नै अनुकूल र सामाजिक हुनुहुन्छ। तपाईं कुनै पनि समस्याको आगमन अघि त्यसको विश्लेषण गर्न सक्षम हुनुहुन्छ। त्यसैले, तपाईं सधैं नै त्यसको लागि तयार रहनुहोस्। तपाईंको कसैलाई अन्धाधुन्ध विश्वास गर्ने बानी छैन। यसले तपाईंलाई धोखा हुनबाट बचाउँछ। तपाईंलाई स्वादिष्ट र पौष्टिक खाना खान मन पर्छ, तर नशाबाट भने बच्नु पर्छ। तपाईंको मन सधैं सोच र कुराहरू खेलाएर व्यस्त रहन्छ; र तपाईंले रहस्यमय तरिकाले काम गर्न मन पराउनुहुन्छ। तपाईंले आफ्नो कुराले मान्छेहरूलाई मोहित बनाउन सक्नुहुन्छ। यसको कारण तपाईंले राजनीतिगको क्षेत्रमा सफलता पाउनुहुनेछ। तपाईंसंग उन्नति गरेर शीर्षमा पुग्ने कौशलका साथै नेतृत्व गर्ने गुणहरू छन्। जब कुनै कठिन काम आउँछ, तपाईं फूर्ति भएर काम गर्नुहुन्छ। तपाईं तिनीहरूले फाइदा दिउन्जेलसम्म मान्छेहरूको नजिक बस्नु हुनेछ। तपाईंले मान्छेहरूलाई हेरेर तिनीहरूलाई तपाईंको आवश्यकता अनुसार उपयोग गर्ने विशेषज्ञता छ। एक पटक तपाईंले केहि निर्णय गर्नुभयो भने त्यसमा तपाईं लीन हुनुहुन्च। यसका साथै तपाईँ एउटा राम्रो वक्ता र कलाकार पनि हुनुहुन्छ। तपाईंले बोल्न सुरु गरेपछि आफुले भन्नु पर्ने कुराहरू भनी सकेपछि मात्र रोकिनु हुन्छ।
शिक्षा र आय
तपाईं राम्रो लेखक हुनुहुन्छ। तपाईं अभिनयको क्षेत्रमा जानुभयो भने सफल अभिनेता हुन सक्नुहुन्छ। तपाईं कला र वाणिज्यको क्षेत्रमा पनि जान सक्नुहुन्छ जहाँबाट व्यापार गरेर लाभ प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले तपाईं लामो समयसम्म कुनै एउटा काममा लाग्नु हुँदैन। तपाईंले कुनै एउटा काम गर्नुभयो भने पनि व्यापार साथमा गर्नुहुनेछ। सांसारिकताको दृष्टिबाट हेर्नु हो भने, तपाईंलाई राम्रो फलिफाप हुनेछ र पर्याप्त धन कमाउनु हुनेछ। तपाईंको लागि अनुकूल व्यवसायहरू हुन्: कीटनाशक वा विष सम्बन्धित पेशाहरू; पेट्रोलियम उद्योग; रसायन; चुरोट र सुर्ती सम्बन्धित व्यवसाय; योग प्रशिक्षक; मनोवैज्ञानिक; साहित्य, कला, र पर्यटन सम्बन्धित काम; पत्रकारिता; लेखन; टाइप; कपडा निर्माण; नर्सिङ; स्टेशनरीको उत्पादन र वितरण; आदि।
पारिवारिक जीवन
कसैले तपाईंलाई कुनै पनि काममा सहायता गरोस् वा नगरोस्, तपाईंका दाजुभाइहरू भने सधैं तपाईंको पक्षमा खडा हुनेछन्। तपाईं घरको जेठो छोरो वा छोरी हुन सक्नुहुन्छ र तपाईंले नै सबै पारिवारिक जिम्मेवारी सम्हाल्नु पर्ने हुन सक्छ। तपाईंका पतिको कमजोरीको बेवास्ता गर्नु उचित हुनेछ; अन्यथा विचारधारमामा मतभेद सम्भव छ। तपाईंको व्यवहार र स्वभावले सबैलाई प्रभावित पार्नेछ। तपाईं यस नक्षत्रको अन्तिम चरणमा जन्मिनु भएको छ भने त अझै भाग्यशाली हुनु हुनेछ।
Astrological services for accurate answers and better feature
Astrological remedies to get rid of your problems






