Nepali Rashifal 2019 – नेपाली राशिफल २०१९
Check out your Nepali Rashifal 2019 now and know how the year is going to be for you. This Nepali horoscope for 2019 is based on the ancient principles of Vedic Astrology. It will guide you through thick and thin of the year. You will also get remedial measures to avoid pitfalls. Let’s have a look at it now:
२०१९ मा तपाईँका ग्रह नक्षत्र कस्ता छन्? वार्षिक राशिफल २०१९ पढेर आफ्नो भविष्यबारे अधिक जान्नुहोस्! यी भविष्यवाणि वैदिक ज्योतिषमा आधारित छन्। तपाईँको जीवनका विभिन्न पक्षहरू जस्तै नोकरी, व्यापार, सम्पत्ति शिक्षा र स्वास्थ्यका विषयमा यी भविष्यवाणिको माध्यमबाट जान्नुहोस्।
नोट:यी भविष्यवाणि तपाईँको राशिचिह्नमा आधारित छन्। यदि तपाईँले आफ्नो राशिचिह्न जान्नुहुन्न भने कृपया Moon Sign Calculator मा जानुहोस्।
मेष राशिको राशिफल २०१९

राशिफल २०१९ का अनुसार मेष राशिका व्यक्तिहरूको स्वास्थ्य अस्थिर रहने छ। यो वर्ष तपाईँका लागि मिश्रित फलदायक छ। आफ्नो स्वास्थ्यलाई लिएर संवेदनशील रहने हुनाले वर्षको प्रारम्भमा स्वास्थ्यसम्बन्धी लाभ हुने अवसर छन्। यस अवधिमा, तपाईँले सानातिना तनावहरूलाई त्याग्नु भयो भने तपाईँको स्वास्थ्य राम्रो रहने छ। यस वर्ष आफ्नो करियरका प्रसङ्गमा तपाईँले मिश्रित फल प्राप्त गर्नुहुने छ। आफ्नो उत्कृष्ट प्रयासले गर्दा नै तपाईँ सफल हुनुहुने छ। तपाईँको नोकरीमा पदोन्नतिको सम्भावना छ।
तपाईँको करियरलाई अर्को स्तरसम्म पुऱ्याउनमा भाग्यले साथ दिने छ। वर्षको प्रारम्भदेखि नै, आफ्ना योजनाहरूमा तपाईँले कडा मिहिनेत गर्नुहुने छ, जसले तपाईँलाई भविष्यमा फाइदा हुनेछ। आर्थिक स्थितिमा अस्थिरताको परिदृश्य देखिने छ। वर्षको सुरुमा, तपाईँको आर्थिक स्थिति बलियो भए पनि यस समयमा तपाईँको व्यय बढ्ने छ। हठात् अनावश्यक खर्चहरू आइपर्ने छन्। यसलाई नियन्त्रण गरिएन भने, यसले तपाईँलाई आर्थिक सङ्कटतर्फ डोऱ्याउने छ।
मेष राशिको २०१९ को राशिफलका अनुसार, वर्षको मध्यतिर (जुन-जुलाई) तपाईँको ब्यापारले गति लिने छ जसले तपाईँलाई आर्थिक फाइदा दिने छ। प्रेम प्रसङ्गमा त्यति धेरै परिवर्तन आउने छैन। आफ्नो सम्बन्धलाई विशेष बनाउन, तपाईँले आफ्नो प्रेममा पारदर्शिता ल्याउन जरुरी छ।
वृषभ राशिको राशिफल २०१९

वृषभ राशिको २०१९ को राशिफलअनुसार, तपाईँको स्वास्थ्य स्थिति केही कमजोर रहन सक्छ र त्यसैले यस वर्ष आफ्नो स्वास्थ्यका विषयमा थप सतर्क हुन जरुरी छ। आफ्नो खानपानको बानीमा विशेष ध्यान दिनुहोस्। स्वास्थ्यप्रद खानेकुरा खानुहोस्। २०१९ को भविष्यवाणिअनुसार, यस वर्ष तपाईँलाई कुनै पुरानो रोग लाग्न सक्छ। यस वर्षको प्रारम्भिक अवधिमा तपाईँले आफ्नो करियरसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ। तपाईँको करियरमा उतार-चढाउ आउने छन् र राम्रो फलाफलका लागि तपाईँले मिहिनेत गर्नुपर्ने छ।
वर्षभरि तपाईँ आफ्नो करियरलाई लिएर अझ गम्भीर हुनुहुने छ र करियरमा विशेष अनुकूलता सिर्जना गर्नका लागि परिश्रम पनि गर्नुहुने छ। आर्थिक स्थिति सामान्यभन्दा असल हुनेछ। तपाईँको अर्थिक स्थितिमा सुधार आउने छ तर खर्च पनि बढ्ने सम्भावना छ। अनावश्यक खर्चलाई नियन्त्रित गर्नु भएन भने तपाईँको विद्यमान आर्थिक स्थिति खल्बलिन सक्छ।
यस वर्षमा तपाईँको आय बढ्ने सम्भावना छ। राशिफल २०१९ अनुसार आयका नवीन स्रोतहरू सिर्जना हुने छन्। एप्रिलको मध्यदेखि मेको मध्यसम्म, तपाईँको अर्थिक हैसियत बलियो रहने छर यो स्थिति जुन महिनाभरि पनि यथावत रहने छ।
मिथुन राशिको राशिफल २०१९

२०१९ को मिथुन राशिको राशिफलअनुसार, यस वर्ष तपाईँले स्वास्थ्य लाभ गर्नुहुने छ। तर, बेला बेला तपाईँले सानातिना स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ। वर्षको सुरुमा अर्थात जनवरी महिनामा, तपाईँ आफ्नो स्वास्थ्यबारे सतर्क रहनु पर्छ। यस समयमा तपाईँले छालासम्बन्धी समस्याको सामना गर्नु पर्ला। तपाईँको करियरको सन्दर्भमा यस वर्षले सामान्य सङ्केत गरिरहेको छ। तर यदि तपाईँले मिहिनेत गर्नुभयो भने यो वर्ष तपाईँको करियरका लागि राम्रो बन्न सक्छ। तपाईँ आफ्नो काममा केन्द्रित रहनु पर्छ।
आफ्नो करियरमा अगाडि बढ्नका लागि, तपाईँले नयाँ विचारहरू सिर्जना गर्नु पर्ने छ। वरिष्ठ व्यक्तिहरूको परामर्श पनि तपाईँका लागि कामलाग्न सक्छ। २०१९ को राशिफलअनुसार, यस वर्ष, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठुलो उपलब्धि हासेल गर्नु हुने छ। आर्थिक लाभका बलिया अवसरहरू छन्। ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन्। यस वर्ष तपाईँ धन कमाउन सफल हुनुहुने छ। तर, आफ्नो ब्यापार फैलाउनका लागि, तपाईँ घरबाट टाढा जानुपर्ने हुन सक्छ।
कर्कट राशिको राशिफल २०१९

२०१९ को कर्कट राशिको राशिफलअनुसार, २०१९ को यो वर्ष कर्कट राशिका व्यक्तिहरूका लागि अर्थिक विषय र करियरको क्षेत्रमा अनुकूल छ। तर स्वास्थ्यका क्षेत्रमा भने सावधान रहनु पर्ला किनकि वर्षभरि तपाईँले स्वास्थ्यमा आरोह-अवरोह बेहोर्नु पर्न सक्छ। करियरको कुरा गर्नुहुन्छ भने, कार्यरत पेसादारीहरूले आफ्नो जागिरमा पदोन्नति पाउने सम्भावना छ। रोजगारी र ब्यापारका क्षेत्रमा तपाईँले फेब्रुएरीदेखि मार्चसम्म र नोभेम्बरदेखि डिसेम्बरसम्म राम्रो समाचार पाउनु हुने छ।
त्यसै बेला, मार्चपछि तपाईँले नयाँ ब्यापार थाल्नु हुने छ वा वर्तमान ब्यापारलाई बढाउनु हुने छ। अब तपाईँको आर्थिक क्षेत्रको कुरा गरौँ। यस वर्ष तपाईँको आर्थिक स्थिति बलियो हुने छ किनकि वर्षभरि आर्थिक लाभका थुप्रै अवसरहरू छन्। २०१९को राशिफलअनुसार, पैसाको क्षेत्रसँग सम्बन्धित विषयमा मार्च, एप्रिल र मे निकै राम्रा रहने छन्।
यस अवधिमा, आयमा वृद्धि र आर्थिक लाभले गर्दा तपाईँको अर्थिक हैसियत र सामाजिक प्रतिष्ठा बढ्ने छ। आर्थिक लाभका अतिरिक्त, तपाईँले यस वर्ष पैसाको नोक्सानी पनि बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले फेब्रुएरिदेखि मार्चको सुरुसम्म पुँजी लगानीसम्बन्धी योजना र कोषको क्षेत्रमा सावधानीपूर्वक र बुद्धिपूर्वक व्यवस्था गर्नुहोस्।
सिंह राशिको राशिफल २०१९

२०१९ को सिंह राशिको राशिफलअनुसार, यस वर्ष तपाईँको स्वास्थ्य राम्रो रहने छ। वर्षको प्रारम्भका महिनाहरूमा, तपाईँलाई रुघाका लक्षणहरू हुन सक्छन्। तपाईँलाई शारीरिक थकान र ऊर्जाको कमीको अनुभव हुन सक्छ। तर, फेब्रुएरीको मध्यबाट तपाईँलाई स्वास्थ्यसम्बन्धी लाभ हुने छन्। करियरमा सफलताका लागि तपाईँले परिश्रम गर्नुहुने छ। करियरका क्षेत्रमा तपाईँले सफल नतिजा प्राप्त गर्नुहुने छ तर त्यस नतिजाबाट तपाईँ सन्तुष्ट हुनुहुने छैन।
तपाईँको लगनशिलताले कार्यस्थलमा तपाईँलाई नयाँ पहिचान दिने छ। नयाँ कार्यालयमा काम गर्ने अवसर पनि पाउनु हुने छ। २०१९ को सुरुमा, करियरको क्षेत्रमा तपाईँले राम्रा नतिजा पाउनु हुनेछ। यस वर्षमा, तपाईँले आफ्नो आर्थिक जीवनमा साना चुनौतिहरू पाउनु हुनेछ, यसका बाबजुद, तपाईँले राम्रा नतिजा पनि पाउनु हुनेछ। तपाईँको अर्थिक स्थिति सुदृढ हुने छ। जनवरी महिना छोडेर, फेब्रुएरी, मार्च र एप्रिलका महिनामा आर्थिक नोक्सानी हुन सक्छ।
२०१९ को राशिफलअनुसार, यस वर्ष तपाईँको प्रेम जीवन चुनौतिपूर्ण हुने छ। त्यसैले यस वर्ष तपाईँ थप सतर्क हुनुपर्छ। तपाईँका प्रियजनसँग वाद-विवादको सम्भावना छ वा कुनै असमझदारीले मायालु सम्बन्धमा तितोपन आउन सक्छ।
कन्या राशिको राशिफल २०१९

२०१९ को कन्या राशिको राशिफलअनुसार यो वर्षमा तपाईँको स्वास्थ्यमा उतार-चढाउ रहने छ। साथै, तपाईँको स्वास्थ्यको क्षेत्रमा पनि मिश्रित फलाफल पाउनु हुने छ। जस्तै, स्वास्थ्य लाभका अतिरिक्त, तपाईँको स्वास्थ्य स्थितिमा पतन पनि हुनसक्छ। तपाईँको करियरमा पनि मिश्रित फलाफल पाउनु हुने छ। यस क्षेत्रमा थुप्रै अवसरहरू हुने छन् जसमा तपाईँ निराश हुनु पर्ने छ। यसका विपरित, यस्ता अनेक अवसरहरू पनि हुने छन् जहाँ तपाईँल्रे सफलता पनि प्राप्त गर्नु हुने छ।
कन्या राशिका मानिसले आफ्ना प्रभावकारी संवाद दक्षताका लागि थुप्रै पेसादारी सफलता प्राप्त गर्ने छन्। तपाईँको आर्थिक सामान्य स्थितिमा भन्दा राम्रो हुनेछ र यस वर्षको सुरुबाटै तपाईँले यसको अनुभव पाउनु हुने छ। जनवरी, फेब्रुएरी र मार्च महिनामा तपाईँले विभिन्न स्रोतबाट आय भेट्नु हुनेछ तर यसै बेला तपाईँको व्यय पनि बढ्ने सम्भावना छ। तर पनि परिस्थितिहरू तपाईँकै नियन्त्रणमा रहने छन्। तपाईँको प्रेम जीवनमा २०१९ को वर्ष मिश्रित फलदायक हुने छ। यस अवधिमा, तपाईँले आरोह-अवरोहको सामना गर्नु पर्ने छ। राशिफलअनुसार वर्षको प्रारम्भ प्रेम जीवनका लागि अनुकूल छैन। यस समयमा, तपाईँले प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ। नोकरी/ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ।
तुला राशिको राशिफल २०१९

तुला राशिको २०१९ को राशिफलअनुसार, यस वर्षको दौरानमा तपाईँको स्वास्थ्य राम्रो रहने छ। यस वर्ष तपाईँले स्वास्थ्यसम्बन्धी लाभ प्राप्त गर्नुका साथै लामो समयदेखि पिरोलिरहेका पुराना रोगहरूबाट पनि मुक्ति पाउनु हुने छ। आफ्नो करियरमा पनि तपाईँले निकै राम्रो नतिजा प्राप्त गर्नु हुने छ। मार्च महिनापछि तपाईँका नयाँ विचारहरूले तपाईँलाई सफलता प्राप्तिमा सहायता गर्ने छन्। यस अवधिमा तपाईँले कार्यक्षेत्रमा अझ राम्रा फलाफल पाउनु हुने छ। तपाईँले सहकर्मीहरूबाट सहारा पाउनु हुने छ, तर तपाईँले उनीहरूबाट आशा गरेजति भने होइन। त्यसैले उनीहरूमाथि आँखा चिम्लिएर भर नपर्नुहोस्। आर्थिक क्षेत्रमा तपाईँले चिताएभन्दा राम्रो नतिजा पाउनु हुने छ।
आर्थिक क्षेत्रमा भाग्यले पनि तपाईँको साथ दिने छ र आफ्नो आर्थिक हैसियत दह्रो बनाउने थुप्रै मौका हुने छन्। २०१९ को राशिफलअनुसार, यस वर्ष कसैसँग नयाँ सम्बन्ध बन्न सक्छ। तपाईँका प्रियजनसँगको मेलमिलाप निर्बाध हुने छ। तपाईँ उनीसित कतै घुम्न जान सक्नु हुने छ। मनोरञ्जनका लागि पनि तपाईँ दुवैजना कतै सँगै जानु हुने छ।
तर, त्यस्ता परिस्थिति पनि आउन सक्छन्, जसमा तपाईँले निराशाको सामना गर्नु पर्ने हुनसक्छ। तपाईँ घरभित्र शान्तिपूर्वक र खुसीसाथ रहनु हुने छ। वर्षको मध्यतिर, तपाईँलाई कुनै ठुलो समाचारले खुसी पार्न सक्छ। यस बेला घरमा कुनै माङ्गलिक कार्य हुनसक्छ।
वृश्चिक राशिको २०१९ को राशिफल

वृश्चिक राशिको २०१९ को राशिफलअनुसार, तपाईँको स्वास्थ्य स्थितिलाई हेर्दा, आफ्नो स्वास्थ्यलाई लिएर तपाईँ केही सतर्क रहेको बेस होला। आफ्नो फिटनेसलाई लिएर तपाईँलाई केही समस्या हुन सक्छ। स्वास्थ्यमा अवनति आयो भने असावधान नबन्नुहोला। आफ्नो रोगको तत्काल उपचार गराइहाल्नु होला। फेब्रुएरी र मार्चका महिनाहरू तपाईँको स्वास्थ्यका लागि केही कमजोर रहन सक्छन्। अर्कातिर करियरको क्षेत्रमा, तपाईँको पेसादारी जीवनमा केही ठुलो परिणाम आउने उच्च सम्भावना छ।
२०१९ को राशिफलले भन्छ, तपाईँले करियरमा सफलता हात पार्नु हुने छ र करियरको क्षेत्रमा थुप्रै सुनौला अवसरहरू आउने छन्। राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ। कामका लागि विदेश जाने सम्भावना पनि छ। यो वर्ष आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ। आर्थिक क्षेत्रमा उतार-चढाउ आउन सक्छन्। तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नु होला। अर्कातिर, तपाईँको प्रेम जीवन यस वर्ष निकै अनुकूल छ। आफ्ना प्रियजनसँग प्रेमको अवसर मिल्ने छ र सम्बन्ध अझै प्रगाढ बन्ने छ।
धनु राशिको राशिफल २०१९

धनु राशिको २०१९ को वार्षिक राशिफलले सङ्केत गर्दछ कि यस वर्षको पहिलो महिनामा तपाईँले स्वास्थ्यसम्बन्धी समस्या बेहोर्नु पर्ने हुन सक्छ। यात्राको समयमा थकान अनुभव हुनसक्छ। यस वर्ष गाडी सावधानीपूर्वक हाँक्नुहोला। करियरको क्षेत्रमा यो वर्ष मिश्रित फलदायक छ। यस वर्ष तपाईँको करियरमा थुप्रै उतार-चढाउ आउन सक्छन्। तपाईँले आफ्नो कठोर परिश्रमको फल पाउनु हुने छ। यस समयमा तपाईँको नोकरीमा बढुवा हुनसक्छ वा तपाईँको तलब बढ्न सक्छ। अर्कातिर आर्थिक क्षेत्रमा परिस्थिति तपाईँको अनुकूल रहने छ। विभिन्न स्रोतबाट तपाईँले आर्थिक सहयोग पाउनु हुने छ। पैतृक सम्पत्तिमा वृद्धि हुने छ।
२०१९ को राशिफलअनुसार, आफ्नो आर्थिक स्थिति बलियो बनाउनमा तपाईँले परिवारको सहयोग पाउनु हुने छ। यदि तपाईँ कुनै ब्यापार गर्नुहुन्छ वा प्रतिष्ठान स्थापित गर्नुहुन्छ भने तपाईँलाई आर्थिक लाभ हुने छ। यस वर्ष तपाईँ आफ्नो प्रेम जीवनमा अलिक बढी गम्भीर हुनु हुनेछ। आफ्ना साथीसँग कुनै मतभेद भए त्यसलाई अझ नबढाउनुहोस्, आपसी छलफलद्वारा मिलाउनुहोस्। परिवारका सदस्यहरूको स्वास्थ्य उत्तम रहने छ। मातापितालाई सामान्य स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ।
मकर राशिको राशिफल २०१९

मकर राशिको २०१९ को राशिफलअनुसार यो वर्ष तपाईँका लागि असल हुने छ। तर, स्वास्थ्यका कारणले तपाईँले केही समस्याको सामना गर्नुपर्ने हुनसक्छ। सुरुका तीन महिना अर्थात् जनवरी, फेब्रुएरी र मार्चमा तपाईँको स्वास्थ्य राम्रो स्थितिमा रहने छ। यस अवधिमा तपाईँले ऊर्जावान अनुभव गर्नु हुने छ, तर त्यसपछि एप्रिलदेखि सेप्टेम्बरसम्म तपाईँले स्वास्थ्य समस्या बेहोर्नु पर्ने हुनसक्छ। आर्थिक जीवन उतार-चढाउयुक्त हुनसक्छ। यस वर्ष तपाईँके खर्च बढ्ने सम्भावना छ, तर आयमा बढोत्तरीको सम्भावना कम छ। तर पनि, अन्तर्राष्ट्रिय सम्बन्धहरूका कारण आर्थिक लाभको प्रबल सम्भावना छन्। तपाईँ नोकरी गर्नुहुन्छ भने, तपाईँले पदोन्नति पाउने वा व्यवस्थापनबाट प्रशंसा पाउने पूर्ण सम्भावना बन्छ। अक्टोबरको महिनाले पनि तपाईँका लागि थुप्रै खुसीका खबर लिएर आउने छ। तपाईँको ब्यापार बढ्ने छ। २०१९ को राशिफलअनुसार तपाईँको प्रेम जीवन रोमाञ्चक हुने छ। तपाईँले आफ्ना प्रियजनलाई जीवन साथी बनाउन चाहनुहुन्छ भने तपाईँको यो चाहना यस वर्ष पुरा हुनेछ।
कुम्भ राशिको राशिफल २०१९

कुम्भ राशिको २०१९ को राशिफलअनुसार, यो वर्षभरि तपाईँको स्वास्थ्य स्थिति राम्रो रहने छ। तपाईँ स्वस्थ र ऊर्जावान रहनु हुने छ। तपाईँभित्र अत्यधिक उत्साह, उमङ्ग र अद्भूत ऊर्जा रहने छ। यस वर्ष तपाईँको करियर उच्चतामा पुग्ने छ। आफ्नो कार्यक्षेत्रमा तपाईँले सफलता प्राप्त गर्नुहुने छ। तपाईँका निर्णयले करियरलाई प्रभावशाली बनाउन सघाउने छन्। आफ्ना उत्कृष्ट निर्णयद्वारा तपाईँले आफ्ना लागि उच्च अवसरहरूसिर्जना गर्नुहुने छ। तपाईँको आर्थिक जीवन पनि विलक्षण हुनेछ।
यस वर्ष, आर्थिक लाभका प्रबल अवसरहरू छन्। तपाईँले पैसा पाउनु हुने छ जसले तपाईँको आर्थिक स्थिति बलियो हुने छ। साथै, वर्षभरि तपाईँ धनसम्पत्ति कमाउन सफल हुनुहुने छ। मार्चपछि, तपाईँको आर्थिक स्थितिमा लगातार सुधार आउने छ। आयका एकाधिक स्रोत हुने छन् र तपाईँ आर्थिक पक्षबाट खुसी हुनु हुने छ। यस वर्ष तपाईँको प्रेम जीवन सामान्यभन्दा राम्रो हुने छ।
२०१९ को राशिफलअनुसार, वर्षको प्रारम्भ केही ढिलो रहने छ। मार्च महिनासम्म, तपाईँले प्रेम जीवनमा थुप्रै उतार-चढाउको सामना गर्नु पर्ने हुनसक्छ। तर, यस अवधिमा आफ्नो प्रेममाथि विश्वास राख्नुहोस् र आफ्ना प्रियजनको विश्वास नतोड्नुहोस्।
मीन राशिको राशिफल २०१९

मीन राशिको २०१९ को राशिफलअनुसार, यस वर्ष तपाईँको स्वास्थ्य स्थिति राम्रो रहने छ। तर पनि, आफ्नो स्वास्थ्यलाई लिएर तपाईँ निकै सतर्क हुनुपर्ने छ। आफूलाई स्वस्थ राख्न, तपाईँले योग, व्यायाम, जिम जाने र कुद्ने जस्ता गतिविधि गर्न सक्नु हुने छ। आफ्नो दैनिकी अझ स्वस्थ बनाउनुहोस्।
बिहान चाँडै उठ्नुहोस् र राति ठिक समयमा सुत्नुहोस्। स्वास्थ्य राम्रो राख्नका लागि पर्याप्त निद्रा लिनुहोस्। आफ्नो अन्तर्मनलाई शान्त पार्न ध्यान पनि गर्न सक्नुहुने छ। यदि तपाईँ मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ भने तपाईँको करियर पनि नयाँ उचाइमा उड्ने छ। कार्यस्थलमा, तपाईँले नितान्त नयाँ पहिचान पाउनु हुने छ।
तपाईँको छवि एकजना कर्मठ, समर्पित र इमानदार कर्मचारीको बन्ने छ। २०१९ को राशिफलअनुसार, तपाईँले आर्थिक चुनौतिको सामना गर्नु पर्न सक्छ र त्यसैले वर्षभरि आफ्नो अर्थिक स्थितिलाई लिएर तपाईँ सतर्क हुनु पर्छ। कुनै जोखिमपूर्ण निर्णयमा अगाडि बढ्नुअघि, त्यसबारे राम्ररी विचार गर्नुहोला अन्यथा तपाईँलाई आर्थिक घाटा हुन सक्छ। प्रेम प्रसङ्गलाई लिएर यस वर्ष तपाईँ दुविधामा रहनु हुने छ। आफ्नो प्रेम सम्बन्धबारे तपाईँको मनमा कुनै विशेष शङ्का हुन सक्छ। तपाईँका प्रियजनसँग त्यस विशेष कुरालाई लिएर चर्को बहस हुन सक्छ।
Astrological services for accurate answers and better feature
Astrological remedies to get rid of your problems

AstroSage on MobileAll Mobile Apps
AstroSage TVSubscribe
- Mars Transit In Taurus (10 August): Impact & Remedies
- Numerology Reveals Lucky-Unlucky Numbers & Their Significance!
- Sun Transit in Leo Soon: 4 Signs Will Benefit-3 Must Beware!
- Vaidhavya Yoga Forms In Women’s Horoscope Under These Circumstances, Must Be Careful!
- Weekly Horoscope 08-14 August, 2022: Lucky-Unlucky Signs Of The Week!
- If This Is Your Birth Date, Be Ready To Become A Millionaire!
- Numerology Weekly Horoscope 07 August-13 August, 2022
- Venus Transit In Cancer (7 August): Which Signs Will Be Lucky In Love?
- Raksha Bandhan 2022 in Auspicious Yogas: Correct Date, Legend, & Zodiac-Wise Rakhi!
- Were You Born After Sunset? Astrology Reveals Your Personality!
- वृषभ में मंगल का गोचर इन राशियों के लिए बेहद शुभ- इन जातकों के बनेंगे विवाह के योग!
- Ank Shastra: अंकों से भी होती है व्यक्तितव की पहचान, जानें क्या कहता है आपका अंक!
- सूर्य करेंगे अपनी ही सिंह राशि में गोचर, इन जातकों को मिलेगी अपने हर रोग से मुक्ति !
- महिलाओं की कुंडली में इन परिस्थितियों में बनता है वैधव्य योग, समय रहते हो जाएं सावधान!
- साप्ताहिक राशिफल 08 अगस्त से 14 अगस्त, 2022: किन राशियों को मिलेगा भाग्य का साथ?
- अंक ज्योतिष साप्ताहिक राशिफल: 07 अगस्त से 13 अगस्त, 2022
- शुक्र का कर्क राशि में गोचर: कौन सी राशियाँ होंगी प्रेम संबंधों में भाग्यशाली?
- रक्षाबंधन पर बन रहे हैं 3 शुभ योग, जानें महत्व और लाभ।
- जानें कैसा होता है सूर्यास्त के बाद जन्म लेने वाले लोगों का व्यक्तित्व!
- एक महीने में शुक्र के बैक-टू-बैक गोचर से बदल जाएगा इन राशियों का भाग्य-देश पर भी पड़ेगा प्रभाव!
- Horoscope 2022
- राशिफल 2022
- Calendar 2022
- Holidays 2022
- Chinese Horoscope 2022
- अंक ज्योतिष 2022
- Grahan 2022
- Love Horoscope 2022
- Finance Horoscope 2022
- Education Horoscope 2022
- Ascendant Horoscope 2022
- Stock Market 2022 Predictions
- Best Wallpaper 2022 Download
- Numerology 2022
- Nakshatra Horoscope 2022
- Tamil Horoscope 2022
- Kannada Horoscope 2022
- Gujarati Horoscope 2022
- Punjabi Rashifal 2022